छ वर्षदेखि रोकिएको चौकीडाँडा–फल्टुडे सडक निर्माण : वडाध्यक्षहरू सडकमै कार्यालय सञ्चालन गर्दै आन्दोलनमा

Image
oplus_0
Nisarga Hospital

 अत्तरिया: गोदावरी नगरपालिकाको चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माणमा लामो ढिलाइ भएपछि स्थानीय जनप्रतिनिधिहरू आन्दोलनमा उत्रिएका छन्। ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सडक निर्माण कार्य छ वर्षदेखि अघि नबढेपछि वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्षहरूले कार्यालय सडकमै सञ्चालन गर्ने निर्णय गरेका हुन्।

CP Hospital Dhangadhi

वडा नं. १० का अध्यक्ष रविन्द्र शाही (गुड्डु) का अनुसार दुई दिनसम्म कार्यालय सडकमै सञ्चालन गरिने र तेस्रो दिन अत्तरियामा सडक आन्दोलन गर्ने तयारी गरिएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार कार्यालयमा पटक–पटक ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको उनले बताए।

nawajiwan

स्थानीय बासिन्दाले सडक नहुँदा भोग्नुपरेका समस्या गम्भीर छन्। भारतमा कमाइ गरेर अटो किन्नेहरू पाँच महिनामै गाडी बिग्रिने समस्यामा परेका छन्। गर्भवती महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने, सर्पदंशका पीडितलाई समयमै अस्पताल पुर्याउन नसकिने जस्ता दुःखद घटना वर्षौंयता दोहोरिँदै आएका छन्। ओलानी क्षेत्रमा त प्रत्येक वर्ष सर्पदंशकै कारण ५–७ जनाले ज्यान गुमाउँदै आएका छन्। उचित सडक नहुँदा धेरैले रोजगारीका लागि फेरि भारत फर्कनुपर्ने बाध्यता पनि छ।

Attariya Hospital

चौकीडाँडा–फल्टुडे सडक निर्माणको ठेक्का एडवान्जर थिगीम जेभी र तेडी निर्माण सेवाले लिएको भए पनि पटक–पटक आग्रह हुँदाहुँदै काम नगरेको जनप्रतिनिधिहरूको आरोप छ। समयमै सडक बनेको भए यातायात, स्वास्थ्य सेवा र रोजगारी सहज हुने मात्र होइन, समाजिक रूपान्तरणमा ठूलो योगदान हुने अपेक्षा गरिएको थियो।

सडक आन्दोलनलाई प्रदेश सांसद तुलसी देवकोटा र गोदावरी नगर प्रमुख विरेन्द्र भट्टले पनि ऐक्यबद्धता जनाएका छन्। सांसद देवकोटाले बजेट छुट्ट्याए पनि छ वर्षसम्म काम अघि नबढ्नु ठेकेदारको चरम लापरबाही भएको बताइन्। उनले प्रदेश सरकारले तत्काल अनुगमन गरी निर्माण कम्पनीसँग छलफल गरेर सडक निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिइन्।

नगर प्रमुख भट्टले पनि आन्दोलन जायज रहेको स्वीकार गर्दै समस्या समाधानका लागि मुख्य मन्त्री र जिल्ला प्रशासनसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार सडक निर्माण छिटो सम्पन्न गर्न वार्ता र दबाब दुवै माध्यम अपनाइनेछ।

वडाध्यक्ष प्रेम सिंह बडैलाले सडकबाटै कार्यालय सञ्चालन गर्नु रहर नभई बाध्यता भएको स्पष्ट पारे। उनले सम्बन्धित निकायले जिम्मेवारीप्रति बेवास्ता गरेको भन्दै तत्काल गुणस्तरीय ढंगले सडक निर्माण सम्पन्न गर्न आग्रह गरे।

स्थानीयवासीको साझा आवाज छ – सडक निर्माण सम्पन्न नभएसम्म उनीहरूको आन्दोलन जारी रहनेछ।

Advertize US