
अत्तरियाः धनगढीको ग्यालेक्सी मल्टिपल कलेजले प्लसटूमा विज्ञान र कानूनी संकायमा उत्कृष्ट नतिजा हासिल गरेसँगै यसै वर्ष ब्याचुलर लेभल (बीबीएस) पढाइ पनि सुरु गरेको छ। वि.सं. २०८० देखि कलेजले त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त बीबीएस कार्यक्रम सञ्चालन गर्दै आएको छ।


धनगढी उपमहानगरपालिका–१ मा अवस्थित कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय व्यवस्थापन संकायको शिक्षा प्रदान गर्नु नै आफ्नो उद्देश्य रहेको छ। कलेज प्रमुख जेडी भट्टका अनुसार, “बिबिए पढ्न नसकेकाहरुलाई लक्षित गर्दै बीबीएस पढाइ सुरु गरिएको हो। गुणस्तरीय शिक्षा दिनु नै हाम्रो मुख्य लक्ष्य हो।”

भट्टले भने कि ग्यालेक्सी कलेजले पाठ्यपुस्तकीय ज्ञानसँगै व्यवहारिक शिक्षामा पनि जोड दिएको छ। विद्यार्थीहरूले कक्षा–पाठ्यक्रमका अतिरिक्त सेमिनार, तालिम र देश–विदेश शैक्षिक भ्रमणको अवसर पाउनेछन्। अनुभवी र विषय विज्ञ प्राध्यापकद्वारा पढाइ हुने भएकाले अन्य कलेजको तुलनामा यहाँका विद्यार्थीले बढी लाभ उठाउने भट्टले बताए।
कलेजले दोस्रो वर्षमा बीबीएस कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। भट्टका अनुसार, “त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त भएकाले विद्यार्थी संख्या वर्षैपिच्छे बढ्ने अपेक्षा गरिएको छ। अहिले बीबीएस कार्यक्रम मात्र सञ्चालनमा रहेकोले पढाइको गुणस्तरमा विशेष ध्यान दिइएको छ।”
ग्यालेक्सी मल्टिपल कलेजले गुणस्तरीय शिक्षा, अनुभवमुखी तालिम र व्यावसायिक अभ्यासको संयोजनमार्फत विद्यार्थीहरूलाई प्रतिस्पर्धी बन्ने वातावरण प्रदान गर्दै आएको छ।
कलेजको उद्देश्य स्पष्ट छ – न्यूनतम शुल्कमा उच्च गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्नु।


















