गोदावरीको समैजी माविको नतिजा अभिभावकको उपस्थितिमा सार्वजनिक

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका–८ मजगाउँस्थित समैजी माध्यमिक विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा अभिभावकको उपस्थितिमा सार्वजनिक गरेको छ। विद्यालय प्रशासनका अनुसार यस कदमले विद्यार्थी मात्र होइन, अभिभावकलाई पनि शिक्षाप्रति जिम्मेवार बनाउन मद्दत गर्ने उद्देश्य लिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

प्रधानाध्यापक बिन्दु बलायरले सरकारी विद्यालयका धेरै अभिभावकले आफ्ना बालबालिकाको पढाइमा पर्याप्त चासो नदिएको तथ्यांक देखिएकाले नतिजा सार्वजनिक कार्यक्रममा अभिभावकलाई सहभागी गराइएको बताइन्। उनले विद्यार्थीलाई निराश नभई अझै मिहिनेत गरेर आगामी दिनमा राम्रो नतिजा ल्याउन आग्रह गरिन्।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सिता चौधरीले अभिभावक उपस्थितिमा नतिजा प्रकाशन गर्नाले उनीहरूमा विद्यालय र बालबालिकाप्रतिको उत्तरदायित्व बढ्ने विश्वास व्यक्त गरिन्।

त्यसैगरी, कार्यक्रममा बोल्दै वडा नम्बर–८ का सदस्य हरिराम चौधरीले विद्यार्थी, अभिभावक र शिक्षकको संयुक्त प्रयासविना शैक्षिक सुधार सम्भव नभएको बताए। उनले विद्यालयको शैक्षिक गुणस्तर बढाउन सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे।

विद्यालयले अभिभावकलाई थप संलग्न गराउने उद्देश्यसहित आगामी सोमबार बिहान ८ बजे विशेष अभिभावक भेलाको आयोजना गर्ने निर्णय गरेको छ।

# ट्रेण्डिङ