फेसबुकको चासो पछि नेपालमा सूचीकरणका लागि ट्विटर (एक्स) पनि अघि सर्‍यो

Image

फेसबुकपछि अब ट्वीटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा आएको छ । सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन थालेपछि एक्सले पहल गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार मन्त्रालयलाई ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सूचीकरणबारे जानकारी माग्दै इमेल आएको छ । उनले आवश्यक प्रक्रिया र विवरणबारे जानकारी पठाइएको जनाए ।

nawajiwan
Attariya Hospital

“ट्विटरले सम्पर्क गरेर सूचीकरण प्रक्रियाबारे बुझ्न चाहेको छ,” ठाकुरले भने, “विवरणसहित निवेदन दिएपछि निष्क्रिय सूचीबाट हट्नेछ ।”

यसअघि फेसबुकले नेपालमा सूचीकरण प्रक्रिया अघि बढाइसकेको छ । सरकारले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, कर प्रणालीमा समेट्न र दुरुपयोग रोक्न सूचीकरणलाई अनिवार्य बनाएको छ ।

सूचीकरण भएपछि सञ्जाल कम्पनीहरूले नेपालभित्र कानुनी रूपमा काम गर्न, कर तिर्ने तथा सरकारसँग प्रत्यक्ष समन्वय गर्नुपर्नेछ ।