मानसिक स्वास्थ्य सेवामा काठमाडौँ विश्वविद्यालय र कृष्णपुर नगरपालिकाबीच सम्झौता

Image
Nisarga Hospital

अत्तरियाः मानसिक स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय, मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र, धुलिखेल र कञ्चनपुरको कृष्णपुर नगरपालिकाबीच पाँच वर्षे सम्झौता भएको छ।

CP Hospital Dhangadhi

सम्झौताअनुसार टेलिमेडिसिनमार्फत मानसिक स्वास्थ्य परामर्श र उपचार उपलब्ध गराइनेछ। साथै आत्महत्या रोकथाम, संकट परामर्श (क्राइसिस काउन्सेलिङ), विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम र स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिने व्यवस्था पनि गरिएको छ।

nawajiwan

Attariya Hospital

काठमाडौँ विश्वविद्यालयले विशेषज्ञ सेवा र तालिम उपलब्ध गराउने छ भने कृष्णपुर नगरपालिकाले पूर्वाधार, जनचेतनामूलक कार्यक्रम र समन्वयमा सहयोग गर्नेछ। सम्झौतामा काठमाडौँ विश्वविद्यालयका एसोसिएट डिन डा. दीपक कुँवर र नगर प्रमुख हेमराज ओझाले हस्ताक्षर गरेका छन्।

कृष्णपुर नगपालिकाको कृष्णपुर स्वास्थ्य चौकी पूर्णकालिन चिकित्सकहरुद्धारा २४घण्टा सेवा दिने देशभरीकै पहिलो स्वास्थ्य चौकी हो। उक्त स्वास्थ्य चौकीले पर्चा काट्ने देखी लिएर प्रयोगशाला जाँच,एम्बुलेन्स सेवा र औषधि उपलब्धसम्मको सेवा निशुल्क गराउदै आएको छ ।

Advertize US