
अछामः साँफेबगर नगरपालिकाले महिनावारी भएको बेला विभेद गर्ने वा छाउगोठमा बस्न बाध्य पार्ने व्यक्तिलाई कुनै पनि सेवा–सुविधा नदिने निर्णय गरेको छ। नगर प्रमुख राजेन्द्र बहादुर कुँवरका अनुसार नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय लिएको हो।


बैठकले जातीय छुवाछुत तथा भेदभाव गर्नेहरूलाई कानुनअनुसार कारबाहीका लागि सिफारिस गर्ने र न्यायिक समितिमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। साथै, सबै वडासँग समन्वय गरेर छाउगोठ भत्काउने अभियान अघि बढाइने बताइएको छ।




















