
कैलाली उद्योग वाणिज्य सङ्घको आगामी भदौ २८ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ। अध्यक्ष पदमा पुष्कर राज ओझा र रूपेश स्वारबीच प्रतिस्पर्धा हुने भएको छ।


रूपेश स्वार प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिल कुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलक बहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार बनेका छन्।
ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णा कुमारी बिष्ट रहेका छन्।
यसपटकको चुनावमा केही स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिवमा कोपिला कुँवर स्वतन्त्र रुपमा मैदानमा उत्रिएका छन्।




















