
कैलालीको गोदावरी नगरपालिका–६ स्थित शैलेश्वरी माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समितिका अध्यक्षमा जयराज फुलारा सर्वसम्मत चयन भएका छन्। शुक्रबार विद्यालयमा आयोजित भेलाले फुलारालाई अध्यक्षको जिम्मेवारीमा चयन गरेको हो।

नयाँ समितिमा अभिभावकका तर्फबाट दलबहादुर शाही, गेडे बोगटी, राधा देवी फुलारा र रामबहादुर चौधरी प्रतिनिधि चयन भएका छन्। नगरको तर्फबाट अध्यक्ष जयराज फुलारा र पार्वती रावल प्रतिनिधि भए भने वडाका तर्फबाट वडाध्यक्ष जग्गुराम चौधरी सहभागी भएका छन्।

भेलाले अध्यक्ष चयनपछि बाँकी प्रतिनिधिहरुलाई सदस्यमा नियुक्त गरेको छ। वडाध्यक्ष चौधरी पदेन सदस्य रहेका छन् भने प्रधानाध्यापक केदार दत्त पन्त सदस्य सचिवको जिम्मेवारी सम्हाल्नेछन्। शिक्षक प्रतिनिधि छनोट भने हालसम्म टुंगो लाग्न बाँकी छ।
































