
सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि लोकप्रिय मनोरञ्जन कार्यक्रम ‘कमेडी दरबार’ युट्युबमार्फत प्रसारण हुन सकेको छैन।


कार्यक्रम निर्माण टिमले आफ्नो आधिकारिक फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै दर्शकसँग क्षमा मागेको छ। उनीहरूले स्टाटसमा लेखेका छन्, “सरकारको निर्णय मान्नैपर्छ। प्रतिबन्धपछि हाम्रो कार्यक्रम अपलोड गर्न सकिएन। क्षमा प्रार्थी छौं भन्दा बढी भन्न सकिएन।”
सामाजिक सञ्जाल बन्दको निर्णयले केवल मनोरञ्जन कार्यक्रम मात्र नभई समाचार सामग्री, स्वतन्त्र सिर्जना र अभिव्यक्तिमाथि पनि प्रत्यक्ष असर परेको भन्दै चर्को आलोचना भइरहेको छ।





























