
धनगढीः लम्कीचुहा नगरपालिका–१ मा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्सको जुत्ताचप्पल गोदाममा शुक्रबार राति पौने ३ बजे आगलागी भएको छ। आगो नियन्त्रणमा लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासी सक्रिय भएका थिए।

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् भने करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

गोदाम सञ्चालक कल्पना जैशी रहेको र त्यहाँ कोही नबसेका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।





















