कैलालीका महिलालाई ढकिया बनाउन भ्याइ नभ्याई

Image
Nisarga Hospital

कैलारी गाउँपालिकास्थित सप्तरङ्गी लघुउद्यमी समूहकी महिलाले ढकिया, डेलुवा, डोकोलगायत हस्तकलाका सामग्री बनाउन भ्याइ नभ्याई पाएका छन्। परम्परागत सीपबाट बनेका यस्ता सामग्रीको व्यापार काठमाडौंसम्म फैलिएपछि उनीहरूलाई उत्पादनमा चटारो भएको हो।

CP Hospital Dhangadhi

हस्तकला उद्यमी सञ्जिता चौधरीका अनुसार फुटकरभन्दा थोक व्यापार बढी फाइदाजनक छ। काँसलगायतका वस्तु प्रयोग गरी महिलाले दिनरात मेहेनत गरेर सामग्री तयार पारिरहेका छन्। समूहकी फूलकुमारी चौधरीले सानैमा सिकेको सीपलाई व्यवसायमा परिणत गरेको र कामको दाम पनि राम्रै पाएको बताइन्।

Attariya Hospital

थारु समुदायका महिलाले आफ्ना परम्परागत सीपलाई आम्दानीको स्रोत बनाउँदै आत्मनिर्भर बन्न थालेका छन्। स्थानीय सुनिता चौधरीका अनुसार यस्तो उद्यमले महिला सशक्तिकरणसँगै गरिबी निवारणमा पनि योगदान पुर्‍याइरहेको छ।

nawajiwan
Advertize US