शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय कार्यान्वयनको माग गर्दै धनगढीमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

अत्तरियाः शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन कार्यान्वयनका लागि नेपाल सरकारमा दबाव सिर्जना गर्न आयोजित बृहत् अन्तरक्रिया कार्यक्रम शनिबार कैलाली उद्योग वाणिज्य संघको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ। सुदूरपश्चिमेली जनताको त्याग, तपस्या र संघर्षबाट स्थापना भएको विश्वविद्यालयको ऐनलाई यथासिघ्र लागू गराउन संघर्ष समितिले आयोजना गरेको उक्त कार्यक्रममा विश्वविद्यालयका हितग्राही, स्थानीय प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरू व्यापक उपस्थितिमा सहभागी भएका थिए।

CP Hospital Dhangadhi

कार्यक्रमको उद्घाटन सत्रमा संघर्ष समितिका संयोजक लोकराज पाण्येय “आगो”ले ऐन कार्यान्वयन नहुँदा देखिएका चुनौती र समस्याबारे प्रकाश पार्दै सरकारसँग सहकार्यका माध्यमबाट समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सहभागीहरूले ऐनको कार्यान्वयनमार्फत सुदूरपश्चिम प्रदेशका विद्यार्थी तथा स्वास्थ्य पेशामा संलग्न व्यक्तिलाई थप अवसर र सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याएका थिए।

Attariya Hospital

विशेष अन्तरक्रियामा उपस्थित नागरिक, शिक्षक तथा विद्यार्थीहरूले विश्वविद्यालयको स्थायीत्व, पाठ्यक्रम विस्तार, पूर्वाधार विकास र प्रशासनिक व्यवस्थापन सुधार जस्ता विषयमा आफ्नो सुझाव र अपेक्षा राखेका थिए। संघर्ष समितिले सबै सुझाब संकलन गरी सम्बन्धित निकायमा पेश गर्ने प्रतिवद्धता जनाएको छ।

nawajiwan

कार्यक्रम सफल बनाउनमा स्थानीय प्रशासन, सामाजिक संस्था र स्वयंसेवकहरूको योगदान प्रशंसनीय रहेको बताइएको छ। यस अवसरमा सहभागी सबैले ऐनको यथासिघ्र कार्यान्वयन र विश्वविद्यालयको दीर्घकालीन विकासमा आफ्नो समर्थन व्यक्त गरेका छन्।

Advertize US