चौकीडाँडा – फल्टुडे सडक खण्डमा सडक निर्माण मागसहित भोलि अत्तरियामा चक्काजाम

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाको चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माणमा लामो ढिलाइ भएपछि स्थानीय जनप्रतिनिधि र स्थानिय बासिन्दा सडक आन्दोलनमा उत्रिएका छन्। ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सडक निर्माण कार्य छ वर्षदेखि अघि नबढेपछि वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्षहरूले सडकबाटै कार्यालय सञ्चालन गर्ने र आन्दोलनलाई चरणबद्ध अघि बढाउने घोषणा गरेका छन्।

CP Hospital Dhangadhi

यसैक्रममा भोलि सोमबार (भदौ २२ गते) बिहान ९ बजेदेखि ११ बजेसम्म अत्तरिया चोकमा चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरिएको संघर्ष समितिले जानकारी दिएको छ।

nawajiwan

स्थानिय बासिन्दाले सडक नहुँदा भोग्नुपरेका समस्या गम्भीर छन्। गर्भवती महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने, सर्पदंशका पीडितलाई समयमा अस्पताल पु¥याउन नसकिने, रोजगारीका लागि भारत जान बाध्य हुनुपर्ने अवस्था रहेको उनीहरूको अनुभव छ। ओलानी क्षेत्रमा त हरेक वर्ष सर्पदंशकै कारण ५–७ जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

चौकीडाँडा–फल्टुडे सडक निर्माणको ठेक्का एडवान्जर थिगीम जेभी र तेडी निर्माण सेवाले लिए पनि काम नगरेको आरोप लगाइएको छ।

Attariya Hospital

वडा नं. ३ का तेज राज अबस्थी, वडा न १० का कार्यबाहाक अध्यक्ष शेर बहादुर तामाङ, वडा न ११ का वडा अध्यक्ष प्रेम सिंह बडैला र वडा न १२ का वडा अध्यक्ष भिम बहादुर खड्का सहित संघर्ष समितिका संयोजक बिक्रम बिक सहित स्थानियको उहभागितामा अत्तरिया चौराहामा पत्रकार सम्मेलनको आयोजना पश्चात संघर्षका कार्यक्रम अगाढी बढाएको हो ।

oplus_0

केही दिन अगाडी दुई दिनसम्म वडाको काम सडकमै सञ्चालन गरिने र त्यसपछि दबाब स्वरुप चक्काजामसहित सडक आन्दोलनको घोषणा गरिएको हो। उनले यसअघि जिल्ला प्रशासन र भौतिक पूर्वाधार कार्यालयमा पटक–पटक ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको गुनासो गरे।

संघर्ष समितिले सडक निर्माण नभएसम्म आन्दोलन निरन्तर गर्ने चेतावनी दिएको छ।