कैलाली उद्योग वाणिज्य संघ निर्वाचनमा ५० उम्मेदवार मैदानमा

Image
Nisarga Hospital

अत्तरियाः कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा ५० जना उम्मेदवारले चुनावी मैदानमा होमिएका छन्। भदौ २८ गते संघका नौ पदाधिकारी र १३ सदस्य गरी २२ पदमा प्रतिस्पर्धा हुने निर्वाचनमा २१ जनाले पदाधिकारी र २९ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।

CP Hospital Dhangadhi

नयाँ नेतृत्वका लागि पुष्करराज ओझा र रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। ओझा वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने स्वाँर पूर्वमहासचिव हुन्।

ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमविक्रम विष्ट, उद्योग उपाध्यक्षमा वासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णाकुमार विष्टले उम्मेदवारी दिएका छन्। यस प्यानलबाट १३ जनाले सदस्य पदमा प्रतिस्पर्धा गर्नेछन्।

nawajiwan
Attariya Hospital

स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डे, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्दले उम्मेदवारी दिएका छन्। यस प्यानलबाट पनि १३ जनाले सदस्य पदमा प्रतिस्पर्धा गर्नेछन्।

तीसै पदाधिकारीसहित ६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिवमा कोपिला कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

निर्वाचन समिति अनुसार निर्वाचन शान्तिपूर्ण र पारदर्शी रूपमा सम्पन्न हुने सुनिश्चित गरिएको छ।

# ट्रेण्डिङ