निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित

Image
Nisarga Hospital

निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा अवस्थीले १४९ मत पाउँदै प्रतिद्वन्द्वी निरञ्जन प्रसाद भट्टलाई १७ मतले पराजित गरेका हुन्।

CP Hospital Dhangadhi

वरिष्ठ उपाध्यक्षमा १६९ मत ल्याएका देव बहादुर चन्दले अमर बहादुर बमलाई पछि पारे। उपाध्यक्षमा यज्ञराज बैज १४८ मत पाउँदै निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी दिपक भट्टले १३२ मत पाए।

Attariya Hospital

महासचिव पदमा देवी दत्त भट्ट १६६ मतसहित विजयी भए भने योगेन्द्र ठकुराठीले ११४ मत ल्याए। कोषाध्यक्षमा हेम बहादुर महरा १३५ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी पदमराज भट्टले ८१ र चित्र बहादुर कार्कीले ५६ मत पाए।

nawajiwan

सदस्यमा गणेश सुवेदी, चन्द्रसिंह कार्की, दिपक कार्की दिपिन, नविन चन्द, मनिराज रेग्मी, महेश जोशी र सन्तोष खत्री निर्वाचित भएका छन्।