गोदावरी नगरपालिकाको वार्षिक समीक्षा : पारदर्शिता र प्रभावकारी सेवामा जोड

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिकाले आ.व. २०८१/८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम आइतबार सम्पन्न गरेको छ। नगर उपप्रमुख शारदा देवी रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, सबै वडा अध्यक्ष, शाखा प्रमुख र वडा सचिवहरूको उपस्थितिमा कार्यप्रगति प्रस्तुत गरिएको थियो।

oplus_0

CP Hospital Dhangadhi

कार्यक्रममा वडा सचिवहरूले आफ्नो–आफ्नो क्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, वातावरण व्यवस्थापन र सामाजिक विकासजस्ता क्षेत्रमा गरिएको कामबारे जानकारी दिए। साथै, योजना कार्यान्वयनका क्रममा देखिएका समस्या र आगामी दिनमा समाधान गर्नुपर्ने चुनौतीबारे छलफल गरिएको थियो।

नगरपालिकाले विशेषगरी सडक स्तरोन्नति, खानेपानी आपूर्ति, सरसफाइ, विद्यालय पूर्वाधार निर्माण, स्वास्थ्य संस्था सुदृढीकरण, कृषि प्रवर्द्धन, सामाजिक सुरक्षा कार्यक्रम, विपद् व्यवस्थापन र सुशासन प्रवर्द्धनका कार्यलाई प्राथमिकतामा राखेको प्रस्तुतिमा उल्लेख गरिएको थियो।

oplus_0

nawajiwan
Attariya Hospital

समीक्षा कार्यक्रममा आगामी वर्षहरूमा अझ प्रभावकारी र पारदर्शी ढंगले काम गर्ने, विकास निर्माण छिटो टुंग्याउने र नागरिकमैत्री सेवा प्रवाह गर्ने विषयमा सबै सहभागी एकमत भए। नगर उपप्रमुख रोकायाले नगरपालिकाका सबै शाखा र वडाले योजनाबद्ध तरिकाले काम गर्नुपर्नेमा जोड दिँदै “समीक्षा कार्यक्रममा उठेका सुझाव र आलोचनालाई आगामी योजनामा आत्मसात गर्ने” प्रतिबद्धता जनाइन्।

यसरी सम्पन्न वार्षिक समीक्षा कार्यक्रमले नगरपालिकाका उपलब्धि, कमजोरी र आगामी रणनीति स्पष्ट पारेको छ।