कैलालीको अत्तरियामा जनप्रतिनिधिद्वारा आज सडक आन्दोलन, अत्तरियामा चक्काजाम गरिदै

Image
Nisarga Hospital

अत्तरिया : चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ठेकेदार कम्पनीको लापरवाही बढेकाले कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिले आज सडक आन्दोलन गर्ने भएका छन्।

CP Hospital Dhangadhi

आईतबार अत्तरिया चोकमा पत्रकार सम्मेलन गर्दै वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिले बिहान ९ बजेदेखि ११ बजेसम्म अत्तरिया चोकमा चक्काजाम गर्ने जानकारी दिएका हुन्। यसअघि, चार वटै वडा कार्यालयले दुई दिन सडकमै बसेर सेवा प्रवाह गरी निर्माण कम्पनीलाई दबाब दिएका थिए।

वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीले ठेकेदारले चरम लापरवाही गरेको आरोप लगाउँदै भने, “एक वर्षमै बन्नुपर्ने सडक छ वर्षसम्म नबन्दा स्थानीयवासी मारमा परेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि काम नगरेपछि हामी बाध्य भएर सडकमा उत्रिएका हौं।”

nawajiwan
Attariya Hospital

२०७७ भदौमा सम्झौता भएको २.२ किलोमिटर सडक एडभेन्चर–थेगिम–सनलाइट जेभीले अझै पूरा गर्न सकेको छैन। त्यस्तै, २०७९ चैतमा सम्झौता भएको तीन किलोमिटर सडक तेडी निर्माण सेवाले आधा पनि सम्पन्न गर्न सकेको छैन।

जनप्रतिनिधिहरूले दुवै कम्पनीलाई कालोसूचीमा राखी अर्को ठेक्का दिनुपर्ने माग गर्दै आएका छन्। तर माग पूरा नभएपछि आज सडक अवरोधमा उत्रिएको जनाइएको छ।

“छ वर्षमा ६ किलोमिटर सडक नसक्नु जनतालाई ठगेजस्तै हो,” वडा नम्बर १२ का अध्यक्ष भीमबहादुर खड्काले भने।