
अत्तरिया: Zen Z आन्दोलनको क्रममा सहादत प्राप्त गरेका १९ जना विद्यार्थी र युवाहरुप्रति सम्मान व्यक्त गर्न गोदावरी प्याब्सन नगर समितिले भोलि, २०८२ भाद्र २४ गते, गोदावरी नगरभित्रका सबै निजी विद्यालयहरूमा एकदिने सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।

नगर अध्यक्ष मदनराज जोशीले विज्ञप्तिमार्फत शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

नगर समितिको यो कदमले शहीद विद्यार्थी तथा युवाहरूप्रतिको सम्मान र समाजमा मानवअधिकार तथा न्यायको सन्देशलाई प्रकट गर्दछ।






























