प्याब्सन गोदावरीद्वारा शहीद विद्यार्थी तथा युवाहरुको सम्झनामा आज एकदिने सार्वजनिक शोक बिदा

Image
Nisarga Hospital

अत्तरिया : निजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) गोदावरीले एक दिन बिदा दिएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

काठमाण्डौमा जेनजीले गरेको प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्याब्सन गोदावरी नगरसमितिले एक दिन शोक बिदा दिएको हो ।

सोमबार प्याब्सन गोदावरी नगरकार्यसमितिले प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति श्रद्धा स्वरुप मंगलबार शोक बिदा दिईएको जनाएको छ ।

समितिका अध्यक्ष मदनराज जोशीले प्रदर्शनका क्रममा घटेको अप्रिय घटनामा ज्यान गुमाएका जेनजी हरुप्रति श्रद्धाञ्जली अर्पण गर्न शोक बिदा दिईएको बताए । उनले विभिन्न शैक्षिक संगठनहरुको ऐक्यवद्धता अनुसार केन्द्रले आयोजना गरेको शोक बिदा गोदावरीमा पनि एक दिन दिईएको बताए ।

Advertize US