जेन जी आन्दोलनका सहिदको सम्झनामा गोदावरीमा मोटरसाईकल वर्कसपहरुमा शोक बिदा

Image
Nisarga Hospital

अत्तरियाः जेनजि आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूको सम्झनामा कैलालीको गोदावरी नगरपालिकाभित्र आज सबै मोटरसाईकल वर्कसप बन्द गरिएको छ। गोदावरी मोटरसाईकल वर्कसप समितिले आन्दोलनलाई समर्थन जनाउँदै सार्वजनिक शोक विदा दिने निर्णय गरेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

समितिका सदस्य तथा युवा व्यवसायी प्रमोद अधिकारीका अनुसार, भाद्र २४ गते मंगलबारका दिन गोदावरी नगरभित्र रहेका सबै वर्कसपहरू बन्द रहनेछन्। उनले सरकारको दमनका कारण सहादत प्राप्त गरेका १९ जना विद्यार्थी तथा युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भ्रष्टाचार अन्त्य र जनताको हक हितका लागि भएको बलिदानलाई सम्मान गर्न शोक विदा घोषणा गरिएको जानकारी दिए।

समितिले शहीदको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

Advertize US