निसर्ग हस्पिटलले जेन–जी आन्दोलनमा घाइतेको निःशुल्क उपचार गर्ने

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिमका विभिन्न स्थानमा जारी जेन–जी आन्दोलनका क्रममा घाइते भएका नागरिकको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। धनगढीले निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।

CP Hospital Dhangadhi

हस्पिटलले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनमा परी घाइते भएकाहरूलाई तत्काल र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने निर्णय गरिएको छ।”

Attariya Hospital

हस्पिटलले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि दिएको छ।

nawajiwan