कैलालीमा कांग्रेसलाई ठूलो धक्का : कांग्रेसका दुई वडाध्यक्षसहित ३८ नेताकार्यकर्ता पार्टी परित्याग

Image
Nisarga Hospital

अत्तरियाः नेपाली कांग्रेसलाई कैलालीमा ठूलो धक्का लागेको छ। गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) र वडा नं.११ का वडाध्यक्ष प्रेमसिंह बडैला सहित ३८ नेताकार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

पार्टी छोड्नेमा कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु भट्टराई, क्षेत्रीय सचिव जयराज फुलारा, नगरउपसभापति प्रेम कुमाल, नगरसचिव योगेश भट्ट, क्षेत्रीय सदस्य नरेन्द्रराज भट्टराई लगायतका नेताहरू छन्। यस्तै, तरुण दलका नेताहरू वेदप्रकाश पाण्डेयआशिष भट्टराई, साथै विभिन्न वडा कार्यसमिति र नगर सदस्यहरू पनि पार्टी परित्यागमा सहभागी भएका छन्।

कांग्रेसको सक्रिय सदस्यता लिएका टेकबहादुर साउँद, मोहन खड्का, शंकर खड्का, दिपक मडै, रविन्द्र खनाल, हरि प्रसाद भट्ट, धर्मराज ओझा, निरज शाह, चित्रराज अवस्थी, राजेश पाठक, विवेक पाठक लगायत धेरै कार्यकर्ताले पनि पार्टीसँगको सम्बन्ध तोडेका छन्।

नगरसचिव योगेश भट्टले पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको कारण सार्वजनिक गर्दै भने, “जेन-जी पुस्ताले अघि सारेको न्यायोचित आन्दोलनलाई राज्यले दमन गर्दा कांग्रेस नेतृत्व मौन बस्नु लोकतान्त्रिक मूल्यको अपमान हो। यस्तो मौनता र दमनकारी प्रवृत्तिलाई समर्थन गर्ने पार्टीमा बस्नु अब सम्भव छैन।”

भट्टले पार्टी छाड्ने निर्णय व्यक्तिगत स्वार्थ नभई लोकतन्त्र, समानता र भावी पुस्ताको अधिकारको पक्षमा चालिएको कदम भएको स्पष्ट पारे।

यस घटनासँगै कैलालीमा कांग्रेस संगठन थप कमजोर हुने विश्लेषण गरिएको छ।

Advertize US