
अत्तरियाः अत्तरिया हस्पिटल प्रा. लि., गोदावरी–२, महेन्द्रनगर रोडले जारी प्रेस विज्ञप्तिमा सुदूरपश्चिममा जारी जेन-जी आन्दोलनका क्रममा घाइते भएका सबै पक्षका व्यक्तिहरूलाई निःशुल्क उपचार उपलब्ध गराउने जनाएको छ।

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उपचारको व्यवस्था गरिएको र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको उल्लेख गरेको छ। विज्ञप्तिमा आन्दोलनका क्रममा देशभरी मृत्यु भएका युवाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको पनि भनिएको छ।
साथै, शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै अस्पतालले समवेदना व्यक्त गरेको छ।


अस्पतालले प्रभावित सबैलाई उपचारको लागि खुला आमन्त्रण गरेको छ। थप जानकारी वा आपतकालीन सहयोगको लागि ९८६६३४०७०२ र ९८५११२६३७५ मा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।
यो कदमले स्थानीय समुदायमा स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने र मानवतामुखी सेवा प्रदान गर्ने दृष्टान्त प्रस्तुत गरेको छ।





















