जेन–जी पुस्ताका युवाहरूले सरकारले सामाजिक सञ्जाल माथी लगाएको प्रतिबन्ध र सरकारी तवरबाट हुने भ्रष्टाचार बिरूद्द एकसाथ आन्दोलनको घोषणा गर्यो ।
केहि समय शान्त रहेको देशको संघिय राजधानी काठमाडौंको माहौल केहि घण्टामै रणभुमीमा परिणत भयो ।
प्रदर्शनमा भएको सरकारको बल प्रयोगबाट काठमाडौं र देशका अन्य सहरमा १९ प्रदर्शनकारीको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले समेत बाध्य भएर नैतिकताका आधारमा राजिनामा दिएका छन ।

पञ्चायतकालिन शासन व्यवस्थालाई हटाउँदै प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ झापा बिद्रोह देखि अनेकौ संघर्ष र आन्दोलनको जगबाट स्थापित भएको दावी एमालेले गर्ने गरेको छ । त्यस्तै २००७ सालको प्रजातान्त्रिक आन्दोलन, पञ्चायतकालिन व्यवस्था बिरूद्दको आन्दोलन साथै विभिन्न चरणका राजनैतिक आन्दोलनको जगबाट स्थापित प्रजातान्त्रिक समाजवादको पक्षघर पार्टीका रूपमा नेपाली काँग्रेसले आफूलाई चिनाउने गरेको छ । आन्दोलनलाई नजिक बाट बुझेका र आन्दोलनको परिणाम र परिणती समेत नजिकबाट नियालेका मात्र नभई भोगेका यी दुई ठुला दलको संयुक्त सरकार रहेको अवस्थामा देशमा व्याप्त भ्रष्टाचार र कुशासनको बिरूद्द जेन-जी पुस्ताका युवाहरूले शुरू गरेको आन्दोलनमा युवाहरू माथी क्रुरतापुर्वक गोली चलाउने सरकारको गलत कदमको हजारौ पटक आलोचना गर्दा समेत अप्रयाप्त नै हुन्छ ।
जेन-जी पुस्ता आफ्नै देश भित्र केहि गरेर खाने, स्वदेशमै आफ्नो स्वर्णिम भविष्य निर्माण हुने सुनिश्चितता सरकारबाट प्रदान होस भन्ने चाहना राख्ने पुस्ताका मानिसहरूको बाहुल्यता भएको पुस्ता हो । यी पुस्ताका अधिकांश मानिसहरू देशमै आय आम्दानी गर्दै मुलुलको परिवर्तनको लागि योगदान गर्ने हुटहुटीले प्रेरित भई यो देशमा हाम्रो पुस्ता पनि छ । जो आफ्नै देशभित्र मर्यादित र सम्मानित जीवन बाँच्दै आफ्नै जीवन कालमा देशलाई अग्रगामी रूपान्तरण भएको हेर्न चाहने दृढ संकल्प सहितको पुस्ता हो ।
जसले सरकारबाट एक असल अभिभावकत्व ग्रहण गरोस भन्ने चाहना राख्दथे । तर दुर्भाज्ञ आज तिनै पुस्ताले सरकार बिरूद्द आवाज उठाएको भन्दै सरकारी गोली खाएर ज्यान गुमाउनु पर्यो । यो जेन-जी पुस्ताको लागि मात्रै नभई हामी सबै देशबासीका लागि निकै अप्रिय र ह्रदयविदारक अनुभुतीको क्षण हो ।
सरकारको नेतृत्व गरेका शासकहरूलाई आफू बिरूद्दका आवाज कर्कश लाग्न सक्छन । आफ्ना आलोचनाहरू अपाच्य र तिता लाग्न सक्छन । तर ती आवाज र बिद्रोहहरू माथी क्रुरतापुर्वक गोली चलाउने आदेश र कदमहरू इतिहासमै महंगा बनेका थुप्रै उदाहरण छन ।
सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री ओलीलाई जेन-जी पुस्ताले पटक पटक यिनी बिरूद्द यि सहभागी रहेको सार्वजनिक कार्यक्रममा लखेट्न खोजेको र नाराबाजी गरेका दर्जनौ घट्नाहरू छन । यि घट्नाक्रम र आजको बिरोध कार्यक्रमलाई सरकारले सामान्य रूपमा लिएको परिणाम स्वरूप आजको दुखद स्थिती सिर्जना हुन पुगेको हो ।
जेन-जी पुस्ताको आन्दोलन कुनै अप्रत्याशित आन्दोलन नभई पुर्व घोषित तथा निर्घारित आन्दोलन नै थियो । जसको समाधानका लागि र आन्दोलनकारीहरूको माग र आवाज प्रति सरकार संवेदनशील र गम्भीर बन्नुपर्नेमा सरकारको तर्फबाट त्यस तर्फ कुनै ध्यान नदिई एकतर्फी रूपमा सरकारी रबैया देखाउँदै निहत्था युवाहरू माथी गोली बर्साउँदै आफ्नो क्रुरता प्रदर्शन गरेको छ । यसरी आफू बिरूद्दका आवाजहरूलाई सुघ्रिने मौकाका रूपमा ग्रहण गर्नुपर्नेमा सत्ता लम्ब्याउनका लागि निहत्था आन्दोलनकारीको छातिमा गोली बर्साउन खोज्ने शासकहरूको सत्ता बहिर्गमन निकै अप्रिय भएका विश्व इतिहासहरूबाट समेत सरकारले पाठ सिक्नुपर्थ्यो तर त्यसो भएको देखिएन ।
सरकारले जेन-जी पुस्ताको आन्दोलनलाई समयमै संयमित ढङ्गबाट सम्बोधन गर्नुको सट्टा भड्काएर गोली चलाउँदै देशव्यापी रूपमा आन्दोलन उचाल्ने काम गरेको देखिन्छ।

हामीले लोकतान्त्रिक शासन व्यवस्थालाई अंगिकार गरेका छौ। हामीले हाम्रो संविधानमा नै मानव अधिकारको संरक्षण प्रति पुर्ण प्रतिबद्धता जनाएका छौ। जनताको थुप्रै अधिकारहरूको व्यवस्था गरेका छौ । तर आजको घट्नाक्रमले अझै हामी कुनै तानाशाही शासन व्यवस्था भएको मुलुकका नागरिकको नियति त भोगिरहेका छौ भन्ने आभास दिलाएको छ । नेपाली जनताले सशस्त्र संघर्ष र बलिदानीपुर्ण तवरबाट स्थापित लोकतान्त्रिक व्यवस्थामा नया निरङ्कुशतन्त्रको जन्म भएको होकी भन्ने शंका देखिएको छ । जसको अत्यका लागि पुन एकपटक देशबासीहरू संयुक्त रूपमा संघर्षको मैदानमा उत्रिनुपर्ने स्थिती आएको पो होकी भन्ने अवस्था देखिएको छ ।
जेन-जी पुस्ताले आफ्नो बुवा/काका र दाई पुस्ताले निकै ठुलो संघर्ष र मेहनत वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्देस्थापित भएको कुरा बुझेका छन । सरकारको विभिन्न प्रकारका गलत क्रियाकलापहरू देखेका छन । वर्तमान राजनैतिक नेतृत्वहरूको वेईमानी र बदमासीको एक एक हिसाब राखेका छन । सरकारले गरेका भ्रष्टाचार र अनियमितताका दर्जनौ घट्नाक्रमहरू देखेका र भोगेका छन ।
वर्तमान नेतृत्व र उच्च पदस्थहरूले मात्रै यो देशको अधिकतम स्रोत साधन र अवसरको दुरूपयोग गरेर भ्रष्टाचार र कुशासनको धन्दा चलाएको आफ्नै आखाले देखिरहेका छन ।
जेन-जी पुस्ता अब यी राजनैतिक नेतृत्व,यो राजनैतिक व्यवस्था र यी वर्तमान राजनैतिक दलहरूको कार्यशैली र व्यवहारबाट मुलुकको दिर्घकालीन हित तथा विकास हुने सुनिश्चितता नदेखेपछि आफ्नो ज्यानको समेत प्रवाह नगरी आन्दोलनमा होमिएको पुस्ताको बाहुल्यता भएको समुह हो भन्ने यथार्थलाई सरकारले गम्भीरता पुर्वक बुझ्नुपर्ने देखिन्छ।
देशका अधिकांश राजनीतिकर्मी र उच्च पदस्थहरूले आफ्ना छोराछोरी र परिवारका दोस्रो पुस्ताका मानिसहरूलाई युरोप, अमेरिका र अष्ट्रेलिया जस्ता विश्वका विकसित मुलुकहरूमा वेयल सेटल (राम्ररी व्यवस्थापन ) गरेर आफ्नो फुर्सदको समय लिजर टाईम) मा हामी माथी शासन गर्न बसेकाहरूको बाहुल्यता रहेको तीतो यथार्थलाई जेन-जी पुस्ताले नजिकबाट बुझेको छ । यद्दपी यिनका कारणले मुलुक बर्वादीको दिशामा धकेलियो भने पनि यि र यिनका सन्तानहरूलाई केहि घाटा लाग्दैन भन्ने कुरा समेत जेन-जी पुस्ताले राम्ररी बुझेर नै सरकार बिरूद्दको आन्दोलनमा होमिएको हो । जुन यथार्थलाई सरकार र यसका सञ्चालकहरूले समेत बुझ्नु आवश्यक देखिन्छ।
देशमा व्याप्त भ्रष्टाचार, वेथिती, विभिन्न शासक संरक्षित अन्यायलाई अत्य गर्दै जेन-जी पुस्ताले परिकल्पना गरेको भ्रष्टाचार रहित सुशासन सहितको न्यायपुर्ण शासन व्यवस्था सञ्चालनको सरकार चाँडो तयार भई जेन-जी पुस्ता संग हातेमालो गर्नुपर्ने देखिन्छ।
राजाको प्रत्यक्ष शासन कालमा मुलुकको अग्रगामी परिवर्तनको लागि आफ्नो पुर्खाले गरेको बलिदानीपुर्ण संघर्षको इतिहास कागजमा पढेर मात्रै थाहा पाएका वर्तमान जेन-जी पुस्ताको आन्दोलनले वर्तमान सरकार मात्रै नभई व्यवस्था परिवर्तन तर्फ समेत निर्णायक आन्दोलन बन्न सक्छ भन्ने तर्फ सरकार समयमै सचेत रहन जरूरी देखिन्छ।
सरकारले आफ्ना संवैधानिक जिम्मेवारीहरू,संवैधानिक सीमाहरू र हाम्रा संवैधानिक प्रतिबद्धता र व्यवस्था अनुरूप आफूलाई परिमार्जित गर्दै वास्तविक सुशासन सहितको शासन सञ्चालन तर्फ आफू प्रतिबद्ध रहनेतर्फ जेन-जी पुस्ताको विश्वास दिलाई वर्तमान परिस्थितिलाई समयमै व्यवस्थापन गर्न नसकेमा सिरियाका गद्दाफी,बङ्गलादेशकी सेख हसिना र श्रीलङ्काका गोटाबाय राजपक्ष जस्तो हालत ओलीको नहोला भन्न सकिन्न । त्यसको छनौट गर्ने जिम्मा स्वयं प्रधानमन्त्री ओलीलाई नै रहनेछ ।
यो भन्दा पहिले पटक-पटक संसद बिगठन गरी गैरसंवैधानिक तवरले शासन सञ्चालन गर्न खोजेका ओली नेतृत्वको वर्तमान सरकारले जेन-जी पुस्ताका दर्जनौ युवाहरू माथी क्रुरतापुर्वक गोली चलाई हत्या गरिएको घट्नाले प्रधानमन्त्री ओलीले आफूले शासन गर्ने नैतिकता मात्रै गुमाएनन । यिनको राजनैतिक जीवनमा कालो समेत पोतिएको छ। देश र जनताको लागि चौध बर्ष जेल बसेको हु भन्ने ओलीको कहावतलाई एक निरंकुश र क्रुर शासक बन्नका लागि जेल बसेको योज्ञ्ता देखाईरहेका छन भन्ने पुष्टि भएको छ ।
जेन-जी पुस्ताले छेडेको आन्दोलन एकै दिनमा देशव्यापी बनेको छ । यो पुस्ता देशैभरी सरकार बिरूद्द आन्दोलनमा उत्रिएको छ। यसको फैलावट हेर्दा सक्रिय राजतन्त्र बिरूद्द गरिएको दोस्रो जनआन्दोलन भन्दा व्यापक बन्ने संकेत देखिन्छ। सरकारको आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्ने भन्दा थप चर्किने गरी गरिएको क्रुरतापुर्ण व्यवहारले सरकार माथी नै जटिलता थप भएका छन ।
आन्दोलन एक आगोको झिल्को हो । जसलाई समयमै संवोधन र नियन्त्रण गरिएन भने सरकार मात्र नभई व्यवस्था समेत उल्टिने गरेका छन । विश्व इतिहासमा आन्दोलनको तागतका अगाडी हतियार, सेना,प्रहरी र राज्य शक्ति झुकेका छन । तसर्थ जेन-जी पुस्ताले चाहेको भ्रष्टाचार मुक्त देश निर्माणका लागि सरकार तयार रहनुपर्छ। यद्दपी प्रधानमन्त्रीले राजिनामा दिई जेन-जी पुस्ताको सहभागिता सहितको अन्तरिम सरकार गठन गरी देश र व्यवस्था माथी थप क्षति हुन नदिन समेत प्रधानमन्त्री ओली लगायत अन्य राजनीतिक दलहरू पनि तयार रहनुपर्छ। सत्ता साझेदार दल नेपाली काँग्रेसले पनि यो विषयमा चाँडै सोचेर उपयुक्त निकासका
लागि तयार हुनुपर्छ । आन्दोलनको तागतलाई क्रुरतापुर्वक दवाएरै सत्ता लम्ब्याउछु भन्ने ससरकारको चेष्टा जेन-जी पुस्ताको आन्दोलनको अगाडी महंगो सावित हुन सक्छ।
क्रुरताले निकास नभई विनास निम्त्याउछ । तसर्थ सरकार संयमित मात्रै नभई जिम्मेवार बन्नु जरूरी छ ।