नेपाली कांग्रेसका युवा नेता धर्मराज भट्टले पार्टी छोडे, सरकारको दमनको विरोधमा विद्रोह घोषणा

Image
Nisarga Hospital

कैलाली – नेपाली कांग्रेसका युवा नेता **धर्मराज भट्ट (राज)**ले पार्टी छोडेको घोषणा गरेका छन्। उनले आफ्नो लामो समयको विद्यार्थी राजनीतिलाई अन्त्य गर्दै पार्टीको क्रियाशील सदस्यता त्यागेको स्पष्ट पारेका छन्।

CP Hospital Dhangadhi

भट्टले प्रेस विज्ञप्तिमा भनका छन् कि भ्रष्टाचार र निर्दयी सरकारको दमनका कारण अब पार्टीमा बसिरहनु असंभव भएको छ। “न्याय खोज्ने विद्यार्थीलाई गोलीले छेडिन्छ, सत्यका आवाज दबाइन्छ, भविष्य बोकेर हिँड्ने पुस्तालाई निर्दयतापूर्वक भुइँमा ढालिन्छ। यो सरकार केवल विफल मात्र होइन, हत्यारा हो। नेपाली कांग्रेस पनि निर्दोष युवाको रगतको जिम्मेवार छ,” उनले भने।

उनले आफ्नो निर्णय व्यक्तिगत विद्रोह मात्र नभएर चेतावनी पनि भएको उल्लेख गर्दै हत्यारा प्रणालीको विरोधमा संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

nawajiwan
Attariya Hospital

धर्मराज भट्टले पार्टीमा रहँदा सहयोग र मार्गदर्शन दिएका सबै नेता, कार्यकर्ता, शुभेच्छुक र पत्रकारप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा समाज र देशको हितमा सकारात्मक योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।