गोदावरी नगर सहित विभिन्न पार्टी कार्यालय र नेताका घरमा आगजनी, भयो ठूलो क्षति

Image
Nisarga Hospital

अत्तरिया : जेन्जी समर्थकहरूले कैलालीको गोदावरी नगरपालिका लगायत विभिन्न पार्टी कार्यालय र नेताका घरमा आगजनीले ठूलो क्षति पुगेको छ ।

CP Hospital Dhangadhi

मङ्गलवार बिहान साढे १० बजे सुरुमा गोदावरी नगरपालिका कार्यालय निसाना बनाएका उनीहरूलाई रोक्न प्रहरीले सामान्य बल प्रयोग गरेपछि सिसा तोडफोड गरेर फर्किएका उनीहरू पुन अत्तरिया क्षेत्रमा रहेका पार्टीका कार्यालय, नेता, जनप्रतिनिधिका घर जलाएर पुनः नगरपालिका पुगेका थिए।

दोस्रो पटक नगरपालिका कार्यालय पुगेका उनीहरूले नगरपालिका ध्वस्त नै बनाए। उनीहरूले नगरपालिका कार्यालय भित्रै आगजनी गर्नुका साथै नगरपालिका परिसरमा रहेका मोटरसाइकलमा समेत आगजनी गरेका थिए। आगजनी र तोडफोड पछि नगरपालिका कार्यालय पुरै तहसनहस भएको छ।

nawajiwan

सयौँको सङ्ख्यामा रहेका जेन जी आन्दोलनकारीहरूले गोदावरीमा रहेको एमाले नेता लेखराज भट्टको घर जलाएर ध्वस्त पारेका छन्। उनीहरूले भट्टको घर भित्र रहेका सामान बाहिर फालेर पुरै घरमा लागो लगाएका थिए। घर आगोले दनदनी बलिरहेको भए पनि आगलागी भएको १ घण्टा सम्म दमकल समेत पुग्न नसक्दा ठुलो क्षति भएको स्थानीयले बताएका छन्।

Attariya Hospital

उनीहरूले गोदावरीका मेयर वीरेन्द्र भट्टको घरमा पनि आगजनी गरेका छन्। अत्तरिया बजारको घना बस्तीमा रहेको भट्टको घरमा भने केही बेरमै दमकल पुगेर आगो निभाएको थियो। आन्दोलनकारीले गोदावरी नगरपालिकाका पूर्व मेयर हरि सिंह साउँदको घरमा पनि तोडफोड गरेको गरेका छन्। उनीहरूले घर भित्रका सामान बाहिर फालेर घरमा तोडफोड गर्नुका साथै बाहिर निकालिएका सामानमा तोडफोड गरेका थिए।

आन्दोलनकारीले गोदावरीको वडा नम्बर २ का वडा सदस्य देव राज भट्टको घरमा पनि तोडफोड गर्दै घरभित्र रहेका सामान बाहिर फालेर आगजनी गरेका थिए। उनीहरूले नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकायाको घरमा पनि तोडफोड गरेका छन्।

आन्दोलनकारीले अत्तरियामा रहेका तीन ठुला पार्टीका कार्यालयमा पनि तोडफोड गर्नुका साथै कार्यालयमा रहेका फर्निचर र कागजातमा आगजनी गरेका छन्। अत्तरियाको दुर्गा मन्दिर परिसरमा रहेको नेकपा माओवादी पार्टी कार्यालय, बन खेतमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा उनीहरूले तोडफोड गर्नुका साथै कार्यालयका सम्पूर्ण सामान जलाएर नष्ट गरेका छन्। उनीहरूले माओवादी पार्टी कार्यालय र काँग्रेस पार्टी कार्यालयका सामान सडकमा ल्याएर जलाएका थिए। आन्दोलनकारीले अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा पनि तोडफोड गर्दै आगजनी गरेका छन्।

Advertize US