अझै जलिहरहेका छन कैलालीका सरकारी कार्यालय

Image
Nisarga Hospital

अत्तरिया : जेनजीको आन्लोलनका क्रममा मंगलबार दिउँसो आगो लागेका सरकारी कार्यालय अझै पनि जलिरहेका छन्। सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा रहेका मुख्यमन्त्री कार्यालय लगायत मन्त्रालय र सरकारी कार्यालयहरु अझै पनि जलिरहेका छन्।

CP Hospital Dhangadhi

अहिले सम्म न त त्यहाँ सुरक्षाकर्मी पुगेका छन् न त कुनै सरकारी अधिकारी । ती कार्यालयहरुबाट अहिले पनि बचेका सामान चोरी भइरहेका छन् । जलिरहेको आगो निभाउनका लागि पनि कसैले चासो दिएका छैनन् । नेपाल सेना सडकमा देखिए पनि अन्य कुनै निकाय देखिएको छैन । नेपाली सेना धनगढी बजारका एक दुई ठाउँमा देखिएका छन् ।

Attariya Hospital

उनीहरुले भिडभाड नगर्न आग्रह गरिरहेका छन् । मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन, कैलाली भन्सार लगायतका कार्यालयहरुमा अहिले पनि आगो जलिरहेको छ । स्थानीयहरू निराश अवस्थामा देखिएका छन् ।

nawajiwan

उनीहरु कुनै प्रतिक्रिया दिन चाँहँदैनन् । कैलालीमा मात्र मुख्यमन्त्री कार्यालय संगै प्रदेशका ७ वटा मन्त्रालय, प्रदेश सभा भवन, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन, जिल्ला अदालत, यातायात ब्यबस्था कार्यालय, कैलाली भन्सार कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, बन कार्यालय लगायत सबै पार्टिका पार्टि कार्यालयहरु तोडफोड सहित जलाईएका थिए ।