कैलालीमा आज पनि कफ्र्यू जारी, गौरीफन्टा सीमा नाकामा आवतजावत बन्द

Image
Nisarga Hospital

जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलवारदेखि आदेश गरेको कफ्र्यू आज पनि जारी रहेको छ। सूचना अधिकारी शिवराज जोशीका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नआएसम्मका लागि कफ्र्यू जारी रहनेछ।

CP Hospital Dhangadhi

शान्ति, सुरक्षा कायम राख्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कफ्र्यू आदेश जारी गरिएको बताइएको छ। यसबारे प्रमुख जिल्ला अधिकारीसँग निरन्तर छलफल भइरहेको पनि जोशीले जानकारी दिए।

Attariya Hospital

यस्तै, कैलालीको धनगढीसँग जोडिएको गौरीफन्टा सीमा नाकामा पनि आवतजावत बन्द गरिएको छ। हालै भएको जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितीमा सरकार विहीन अवस्था सिर्जना भएको कारण भारतीय सुरक्षाकर्मीहरूले नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाएका हुन्।

nawajiwan

# ट्रेण्डिङ