कैलाली कारागारबाट भागेका २५ कैदी पक्राउ, सम्पर्कमा आउन कारागारकाे आग्रह

Image
Nisarga Hospital

जेनजी आन्दोलनका क्रममा मंगलबार प्रदर्शनकारीको सहयोगमा कैलाली कारागारबाट भागेका ६६६ मध्ये २५ जना कैदीबन्दीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका टोलीले विभिन्न स्थानबाट पक्राउ गरेका तीमध्ये तीन जना भने आफैं प्रहरी सम्पर्कमा आएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार पक्राउ परेका सबैलाई बिहीबारसम्म पुनः कारागार पठाइएको छ।

Attariya Hospital

यसैबीच, जिल्ला कारागार प्रशासक चिरञ्जीवी सापकोटाले सूचना जारी गर्दै सम्पर्कविहीन कैदीलाई तत्काल कारागार वा नजिकैको प्रहरी कार्यालयमा आउन आग्रह गरेका छन्। उनले कारागार ऐनअनुसार आवश्यक कारबाही हुने चेतावनी पनि दिएका छन्।

nawajiwan

मंगलबारको घटनामा ६६७ कैदीमध्ये ६६६ जना बाहिरिएको कारागार प्रशासनले जनाएको छ। एक जना उपचाररत रहेकाले बाहिरिन नसकेको हो। हाल प्रहरीले बाँकी कैदीहरूको खोजीलाई तीव्र बनाएको छ।

Advertize US