
गोदावरी नगरपालिका कार्यपालिकाले भद्र २४ गतेको प्रदर्शनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोडले प्रायः सबै भौतिक संरचना, कम्प्युटर, उपकरण र महत्वपूर्ण कागजात नष्ट वा हराएको जानकारी सार्वजनिक गरेको छ। यस घटनाले कार्यालयका दैनिक प्रशासनिक कार्य र नागरिक सेवामा प्रत्यक्ष असर पारेको जानकारी गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज बिनाडीले जानकारी दिएका छन ।

नगरपालिकाले हराएको सामग्री फेला परे वा सुरक्षित अवस्थामा रहेको जानकारी पाए तत्काल कार्यालयमा बुझाउन वा फोनमार्फत जानकारी गराउन नगरबासीहरूलाई आग्रह गरेको छ। कार्यालयले यसबाट नियमित सेवा प्रवाह सुचारु राख्न, अभिलेख व्यवस्थापन सुधार गर्न र प्रशासनिक कार्य पुनः सञ्चालनमा ल्याउन सहयोग पुग्ने बताएको छ।


यस्तै, नगरपालिकाले नागरिकसँग सहकार्य गर्दै अवरुद्ध रहेका आधारभूत सेवाहरू छिट्टै सञ्चालनमा ल्याउने योजना बनाइरहेको छ। नगरबासीको सक्रिय सहभागिताले कार्यालयका सेवा पुनः सहज रूपमा सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
नगरपालिकाले नगरबासीसँग हातेमालो गरी कार्यालयको सेवा सुचारु राख्न र अवरुद्ध सेवा छिट्टै पुनः सञ्चालनमा ल्याउन हार्दिक अपिल गरेको छ।




















