सुदूरपश्चिमका जनप्रतिनिधिहरूले धम्की र अराजकता विरुद्ध सुरक्षा तथा सेवा प्रवाह सुनिश्चित गर्न आग्रह

Image
Nisarga Hospital

सुदूरपश्चिमका स्थानीय सरकारका जनप्रतिनिधिहरूले ज्ञात र अज्ञात व्यक्ति वा समूहबाट धम्की दिइने घटनाबारे गम्भीर चेतावनी दिएका छन्।

CP Hospital Dhangadhi

गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम अध्यक्ष लोकेन्द्र बहादुर शाही, नेपाल नगरपालिका सङ्घ संयोजक वीरेन्द्र भट्ट, र जिल्ला समन्वय समिति महासङ्घ संयोजक गगन भण्डारीद्वारा जारी संयुक्त विज्ञप्तिमा जनप्रतिनिधि, नागरिक, निजी सम्पत्ति, उद्योग व्यवसाय र सरकारी दस्तावेजहरूको सुरक्षा सुनिश्चित गर्दै निर्बाध सेवा प्रवाहको वातावरण बनाउन अनुरोध गरिएको छ।

विज्ञप्तिमा उल्लेख छ कि जेन जी आन्दोलनका क्रममा भएका अवाञ्छित घुसपठ, आगजनी, तोडफोड र अमानवीय व्यवहारप्रति खेद व्यक्त गरिएको छ। जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै, मानवअधिकार विरोधी गतिविधिको घोर भत्र्सना गरिएको छ।

nawajiwan
Attariya Hospital

साथै, विज्ञप्तिमा राष्ट्रपतिज्यू र सुरक्षा निकायहरूसमक्ष सार्वजनिक सम्पत्ति संरक्षण, उच्च मनोबल र नियमित सेवा प्रवाहका लागि आह्वान गरिएको छ।