सुदूरपश्चिममा सुरक्षा जोखिम: मुख्यमन्त्री, मन्त्रीहरू सेनाको सुरक्षामा

Image
Nisarga Hospital

सुदूरपश्चिममा जेन्जी आन्दोलनपछि सिर्जना भएको सुरक्षा जोखिमका कारण मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरू नेपाली सेनाको सुरक्षा मातहत राखिएका छन्। भदौ २४ गते प्रदर्शनकारीले सरकारी कार्यालय, राजनीतिक दलका नेता तथा घरमा आगजनी, तोडफोड र लुटपाट गर्दा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको हो।

CP Hospital Dhangadhi

बैठक चलिरहँदा कार्यालयमा ढुंगामुढा गरिएपछि प्रहरीले बल प्रयोग गरी भीडलाई तितरबितर पार्यो। सेनाको गाडीमार्फत सुरक्षित राखिएका मुख्यमन्त्री, मन्त्री, प्रदेश प्रहरी प्रमुख र केही स्थानीय जनप्रतिनिधिहरू अहिले पनि सेनाको संरक्षणमा छन्।

Attariya Hospital

अवस्था सामान्य बन्दै गएपछि विस्तारै उनीहरूलाई छोड्न थालिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन भएपछि स्थिति क्रमशः सामान्यतर्फ उन्मुख भएको छ।

nawajiwan