कैलालीमा निषेधाज्ञा केही खुकुलो, जिल्लामा निषेधाज्ञा परिमार्जन

Image
Nisarga Hospital

देशको शान्ति–सुरक्षा र नागरिक जीवनलाई असर गर्न सक्ने अवस्था मध्यनजर गर्दै कैलाली जिल्लामा निषेधाज्ञा परिमार्जन गरिएको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भुसालले शुक्रबार आदेश जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी आदेश संशोधित भएको जनाएका छन्।

CP Hospital Dhangadhi

आदेशअनुसार सरकारी कार्यालय, सुरक्षा निकाय, बजार, मठ–मन्दिर लगायत स्थानमा हुलदङ्गा, भीडभाड, जुलुस, सभा वा राजनीतिक गतिविधि गर्न नपाइने छ। हतियार, घरेलु हतियार, लाठी, उत्तेजक नारा र कालोपट्टी प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ।

Attariya Hospital

सार्वजनिक शान्ति–सुरक्षा कायम गर्न प्रशासनले नागरिक, व्यापारी, उद्योगी र संघ–संस्थालाई आदेश पालना गर्न आग्रह गरेको छ। उल्लंघन हुनेहरूमाथि कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ।

nawajiwan