
कञ्चनपुरका नरेश धानुकले आफूलाई ‘जेनजी’ भन्दै नाङ्गै पारेर कुटपिट गरिएको दाबी गर्दै आत्महत्या गरेका छन्। उनले फेसबुकमा अन्तिम सन्देशमा केही व्यक्तिको नाम लिएर आफूलाई अपमानित गरिएको र सोसल अत्याचारका कारण फाँसी दिन बाध्य भएको बताएका थिए।

फेसबुक लाइभमा रुँदै उनले कुटपिट र अपमानको पीडा सुनाएका थिए। मृतककी दिदी हिरा धानुकले पनि राति १०:३० बजे भाइलाई दारु खुवाएर नाङ्गो बनाएर कुटपिट गरिएको बताए। उनले मृतकका सन्तानको जिम्मेवारी स्थानीय तह वा अपमानकारी व्यक्तिले लिनुपर्ने माग गरिन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले किटानी जाहेरी दर्ता गर्ने तयारी गरेको छ। प्रहरी प्रवक्ता सागर बोहराका अनुसार, घटनाको अनुसन्धान र छानबिन हुने छ।




















