
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छोडेको घोषणा गर्दै नयाँ पार्टी ‘नागरिक उन्मुक्ति नेपाल’ खोल्ने जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै उनले पार्टी विवाद र आधिकारिकतालाई लिएर अध्यक्ष रञ्जिता श्रेष्ठसंग उत्पन्न मतभेदको कारण यो निर्णय लिएका बताए।

चौधरीले नयाँ पार्टीमा जेनजी पुस्ताको माग र भावना समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। साथै, सम्पूर्ण पार्टी पन्तिलाई नयाँ पार्टीमा सामेल हुन आह्वान गरेका छन्। उनले छिट्टै नयाँ पार्टीको बैठक बोलाउने र विस्तृत जानकारी सार्वजनिक गर्ने पनि बताएका छन्। यो कदमले आगामी राजनीतिक परिदृश्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।



















