दशैँ–तिहारको समयमा काठमाडौँ-धनगढी हवाई टिकटमा १६ हजार बढी

Image
Nisarga Hospital

धनगढी हवाई मार्गमा दशैँ–तिहारको समयसँगै टिकट दरमा उल्लेखनीय वृद्धि देखिएको छ। श्री एयरले सोमबारका लागि न्यूनतम १४,२९९ र अधिकतम १६,७९० रुपैयाँसम्म टिकटको मूल्य तोकेको छ। बुद्ध एयरले पनि अधिकतम टिकट मूल्य १४,३०४ तोकेको छ।

CP Hospital Dhangadhi

सामान्य अवस्थामा ७ हजार आसपास रहेको टिकट मूल्य पर्वको समयमा अचानक बढ्ने गरेको देखिन्छ। विमानस्थल स्रोत र सुजन बमका अनुसार, सरकारले अधिकतम दर निर्धारण गर्ने भए पनि कम्पनीहरूले टिकटको मूल्य कम–बढी गर्दै आएका छन्।

Attariya Hospital

यात्रुहरूका लागि यो समयमा टिकट उपलब्ध गराउन चुनौतीपूर्ण बनेको छ। बढ्दो मूल्यका कारण नागरिकले बजेटमैत्री यात्रा गर्न कठिनाइ भोग्नु परेको छ। सरकारले हवाई टिकटको मूल्य नियमन गर्न कडाइ गर्नुपर्ने माग पनि उठेको छ।

nawajiwan