कैलाली जिल्ला अदालतको सेवा पुनः सञ्चालनमा

Image
Nisarga Hospital

कैलाली जिल्ला अदालतले भदौ २४ गतेको देशव्यापी आन्दोलनका कारण स्थगित भएको सेवा भदौ २९ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। अदालतले आज सूचना जारी गर्दै आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटले प्रभावित सेवाबारे आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। सूचनाअनुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता, म्याद थप, जरुरी प्रकृतिका पुर्जी स्वीकृति तथा पत्राचार अनुमतिसम्बन्धी कार्यहरू भदौ २९ गतेदेखि सुचारु भएका छन्।

CP Hospital Dhangadhi

तर अन्य नियमित कामकाज, मुद्दा दर्ता, नियमित तारिखका मुद्दा सुन्ने तथा अन्य कार्यहरू हाललाई स्थगित रहेका छन्। भदौ २४ का लागि तोकिएका मुद्दा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५२ र दिवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ अनुसार ३० दिनभित्र पुनः तोकिएको म्याद–तारिखमा हाजिर हुन सक्ने व्यवस्था गरिएको छ।

Attariya Hospital

नियमित सेवा सहज बनाउन आवश्यक व्यवस्थाहरू लागू गरिने र समय–समयमा थप सूचना जारी गरिने अदालतले जनाएको छ।

nawajiwan