
कैलालीको गोदावरी–११ का वडाध्यक्ष प्रेम सिँ बडैला र चार सदस्यले एक महिनाको सेवासुविधा नगरपालिकाको भवन मर्मत र पुनर्निर्माणमा योगदान गर्ने घोषणा गरेका छन्।

जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको वडा कार्यालयको भवन मर्मतका लागि यो कदम उठाइएको हो। वडाध्यक्ष बडैलाले मासिक २५ हजार र वडासदस्यहरूले ९ हजार ५०० हाराहारी सेवासुविधा पाउने भए पनि सो रकम एक महिनाका लागि मर्मत कार्यमा लगाइने बताए।

निर्वाचनमा वडाध्यक्षमा बडैला र सदस्यमा कुमार सिँ बडैला, गंगा देवी खड्का, दिपा दमाई र दिल बहादुर साउँद निर्वाचित भएका थिए। उनका अनुसार, व्यक्तिगत सेवासुविधा त्यागेर नगर पुनर्निर्माणमा सहयोग गर्नु जनप्रतिनिधिको नैतिक जिम्मेवारी हो।
































