कैलालीको गोदावरी नगरपालिकाको पुनर्निर्माणमा सर्वदलीय एकता, सहयोगको अपिल

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकाले हालैको आगलागीबाट क्षति पुगेको नगरपालिकाको भवन पुनर्निर्माणका लागि सर्वदलीय सहमति जुटाउँदै सहयोगको अपिल गरेको छ। सोमबार बसेको सर्वदलीय बैठकले जनसहभागितामार्फत नगरपालिकाको पुनर्निर्माण गर्ने ऐक्यबद्धता व्यक्त गरेको हो।

CP Hospital Dhangadhi

नगरप्रमुख वीरेन्द्र भट्टले नगरपालिकाको भौतिक संरचना, आवश्यक कागजात, कम्प्युटर तथा उपकरणहरू पूर्णरूपमा नष्ट भएकाले तत्काल पुनर्निर्माण अपरिहार्य रहेको बताए। उनका अनुसार कार्यालय सञ्चालन गर्न अत्यावश्यक सामग्रीसमेत जलेर नष्ट भएपछि नगरपालिकाले सेवाप्रवाह निरन्तरता दिन कठिनाइ खेपिरहेको छ। उनले राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, संघ–संस्था र आम नागरिकलाई सहकार्य र सहयोग गर्न आग्रह गरे।

nawajiwan

भट्टले नगरपालिकाको कार्यपालिका बैठकले पनि सेवाप्रवाहलाई सहज बनाउन सहयोग संकलन गर्ने निर्णय गरेको जानकारी दिए। यसका लागि नगरपालिकाले एनआइसी एसिया बैंकमा खाता नम्बर र क्युआर कोड सार्वजनिक गरेर पारदर्शी तरिकाले सहयोग संकलन थालिएको जनाइएको छ।

गरपालिकाले सहयोगको लागि एनआइसी एशिया बैंकको खाता नम्बर र क्युआर कोड सार्वजनिक गरेको छ । भट्टले भने, “हामी झुकेका छैनौं, फेरि परिवर्तन सहित उठ्ने वाचा गर्दछौं । जन सहभागिता मार्फतै नगरपालिकालाई पुनर्निर्माण गर्दै छिटोछरितो सेवा प्रदान गर्ने लक्ष्य लिएका छौं ।”

बैठकमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमोर्चाका स्थानीय नेताहरूले पुनर्निर्माणका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, नगरलाई संकटबाट बाहिर निकाल्न सबैको एकताबद्ध प्रयास अपरिहार्य भएको भन्दै जनप्रतिनिधिहरूले अग्रसरता देखाए।

Attariya Hospital

त्यस्तै, बैठकमा स्थानीय होटल व्यवसायी धाना चोखालले पनि आफ्नो तर्फबाट सहयोग गर्ने घोषणा गर्दै निजी क्षेत्र पनि यस पुनर्निर्माण अभियानमा हातेमालो गर्न तयार रहेको बताइन्।

सर्वदलीय बैठकबाट आएको प्रतिवद्धता र नगरप्रमुख भट्टको अपिलसँगै गोदावरी नगरपालिकाको पुनर्निर्माण अभियानलाई अब संस्थागत रूपमा अघि बढाउने तयारी गरिएको छ।

# ट्रेण्डिङ