गोदावरी नगरपालिकामा आगजनिपछि अत्तरियाका व्यावसायी देउवा र सर्वोत्तम पेन्ट्सको सहयोग

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकामा हालैको आगलागीबाट सम्पूर्ण भौतिक सामग्री नष्ट भएपछि सहयोगको लहर सुरु भएको छ। अत्तरियाका युवा व्यवसायी तथा गड्तौला सप्लायर्स अत्तरियाका प्रोप्राइटर प्रकाश देउवाले नगरपालिका कार्यालयलाई एक थान कुर्सी र एक थान कलर प्रिन्टर उपलब्ध गराउँदै पुनर्निर्माण अभियानमा हातेमालो गरेका छन्।

CP Hospital Dhangadhi

देउवाले उपलब्ध गराएको सामग्रीलाई गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट र प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। देउवाको योगदानप्रति नगरपालिकाले आभार व्यक्त गर्दै उनको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरिएको छ।

यस्तै, सर्वोत्तम पेन्ट्सले समेत सहयोगका रूपमा रु. ७५ हजार नगद गोदावरी नगरपालिकाको खातामा जम्मा गरेको जानकारी नगरपालिकाले दिएको छ।

nawajiwan

हालैको आगलागीमा नगरपालिकाको सम्पूर्ण भौतिक संरचना, कागजात, कम्प्युटर तथा उपकरणहरू नष्ट भएपछि नगरपालिकाले राजनीतिक दल, नागरिक समाज, संघ–संस्था, व्यवसायी तथा आम नागरिकलाई सहयोगका लागि अपिल गर्दै आएको छ।

Attariya Hospital

नगरप्रमुख भट्टका अनुसार सहयोग संकलन पारदर्शी ढंगले सञ्चालन गर्न एनआइसी एसिया बैंकमा विशेष खाता नम्बर र क्युआर कोड सार्वजनिक गरिएको छ। उनले स्थानीय सरोकारवाला सबैलाई हातेमालो गर्दै नगरलाई पुनः पूर्ववत् अवस्थामा ल्याउन योगदान गर्न आग्रह गरेका छन्।

सहयोग अभियानसँगै गोदावरी नगरपालिकाले पुनर्निर्माणलाई संस्थागत रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।