कृष्णपुर नगरपालिकामा आगलागीपछि अत्तरियाका व्यवसायी देउवाद्वारा प्रिन्टर सहयोग

Image
Nisarga Hospital

अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हालैको आगजनीले सम्पूर्ण भौतिक सामग्री नष्ट भएपछि पुनर्निर्माणका लागि सहयोग सुरु भएको छ। यसैक्रममा, अत्तरियाका युवा व्यवसायी तथा गड्तौला सप्लायर्सका प्रोप्राइटर प्रकाश देउवाले नगरपालिका कार्यालयलाई एक थान कलर प्रिन्टर उपलब्ध गराउँदै पुनर्निर्माण अभियानमा हातेमालो गरेका छन्।

CP Hospital Dhangadhi

Attariya Hospital

देउवाले उपलब्ध गराएको सामग्रीलाई नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, नगर उपप्रमुख द्रोपती राना, र प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। नगरपालिकाले देउवाको योगदानप्रति आभार व्यक्त गर्दै उनको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेको छ।

nawajiwan

नगरपालिकाले यस किसिमको सहयोगले कार्यालय सञ्चालन सहज हुने र सेवाप्रवाह पूर्ववत् अवस्थामा फर्काउने विश्वास व्यक्त गरेको छ। आगलागीपछिको पुनर्निर्माणमा अन्य स्थानीय व्यवसायी, नागरिक र संस्थाहरूले पनि सहयोग गर्न प्रेरित हुने अपेक्षा गरिएको छ।

# ट्रेण्डिङ