कैलाली प्रशासनलाई इसेवाले दियो अटोमेटिक स्क्यानर, सहयोगका सामग्रीबाट सेवा सुरु

Image
Nisarga Hospital

जेन–जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले जिल्ला प्रशासन कार्यालय कैलालीमा ठूलो क्षति पुर्‍याएको थियो। भदौ २४ गतेको प्रदर्शनमा प्रशासनका तीन भवनमा क्षति पुगेको थियो भने पुरानो भवन पूर्ण रूपमा जलेर ध्वस्त भएको थियो।

CP Hospital Dhangadhi

आगजनीपछि नागरिकता निर्माण लगायतका महत्वपूर्ण सेवाहरू प्रभावित भएका थिए। तर, सहयोगी संघ–संस्थाहरूले आवश्यक सामाग्री उपलब्ध गराएपछि प्रशासनले सेवा पुनःसञ्चालन गरेको छ।

यस क्रममा इसेवा धनगढी शाखाले अटोमेटिक स्क्यानर मेसिन उपलब्ध गराएको छ। सूचना अधिकारी शिवराज जोशीका अनुसार, “स्क्यानर नहुँदा सेवा प्रभावित भइरहेको थियो, इसेवाले मेसिन उपलब्ध गराएपछि सेवा प्रवाह सहज भएको छ। सहयोगीहरूको साथले हामीले सेवा सुरु गरेका छौं।”

nawajiwan

Attariya Hospital

इसेवा धनगढीका प्रमुख महेन्द्र शाहीले सामाजिक उत्तरदायित्व अन्तर्गत मेसिन हस्तान्तरण गरेका थिए। यसैगरी, स्थानीय विद्यालय र व्यवसायीहरूले पनि प्रशासनलाई आवश्यक सामाग्री उपलब्ध गराएका छन्।

अहिलेसम्म एरिष्टो, एक्सिस, ग्यालेक्सी बोर्डिङ स्कूल, नास्ट, एसपिए कलेज, एडुपल, प्रहरी पब्लिक व्याडमेन्टिन क्लब, आलोक फर्निचर, कम्प्युटर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सले प्रशासनलाई सहयोग गरेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार, सहयोगी संस्थाहरूले उपलब्ध गराएको सामाग्रीले प्रशासनको सेवा प्रवाहमा ठूलो सहजता प्रदान गरेको छ।