कैलाली प्रशासनलाई चेम्बर अफ कमर्सको सहयोग, सेवा पुनः सुरु

Image
Nisarga Hospital

जेन–जी आन्दोलनको क्रममा कैलाली जिल्ला प्रशासन कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सामान्य सेवा सञ्चालनमा बाधा परेको थियो।

CP Hospital Dhangadhi

यस समस्याको समाधानका लागि धनगढी चेम्बरको नेतृत्वमा कैलाली चेम्बर र प्रदेश चेम्बरका सदस्यहरूले संयुक्त रूपमा ५४ हजार बराबरको आवश्यक सामग्री प्रशासनलाई हस्तान्तरण गरेका छन्।

हस्तान्तरण गरिएको सामग्रीमा कम्प्युटर सेट एक थान, टेबल एक थान, कुर्सी एक थान, र कलर मल्टि–प्रिन्टर एक थान समावेश छ।

nawajiwan
Attariya Hospital

कैलाली जिल्ला अध्यक्ष प्रमोद अधिकारी र धनगढी नगर चेम्बरका अध्यक्ष प्रमोद थापाले प्रशासनलाई यी सामग्रीहरू हस्तान्तरण गरेका थिए।

सहयोगीहरूको पहलले प्रशासनको सेवा प्रवाहमा सहजता आएको छ र नागरिकता बनाउने लगायतका महत्त्वपूर्ण सेवाहरू पुनः सुरु भएका छन्।

Advertize US