अत्तरियाको दुग्ध विकास संस्थान (डीडीसी) ११७ दिनपछि ताला खोलेपछि पुनः सञ्चालनमा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियामा रहेको डीडीसी गत जेठ ८ गतेदेखि स्थानीयको विरोधका कारण तालाबन्दीमा थियो। मंगलबार बिहान सर्बदलिय सर्वपक्षीय बैठक बसेर तालाबन्दी खोल्ने निर्णय गरिएको हो। बैठकमा गोदावरी नगर प्रमुख वीरेन्द्र भट्ट, डीडीसीका प्रबन्धक निरञ्जन भट्टराई, राजनीतिक दलका प्रतिनिधि तथा संघर्ष समितिका सदस्यहरू सहभागी थिए।

२०६७ सालमा स्थापना भएको यो कार्यालयलाई धनगढीमा स्थानान्तरण गर्ने निर्णय भएपछि स्थानीय स्तरमा विरोध चर्किएको थियो। किसानहरूको भुक्तानी रोकिँदा थप समस्या उत्पन्न भएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए। डीडीसीका प्रबन्धक भट्टराईले मासिक ४० हजार भाडामा कार्यालय सञ्चालन गर्दै आएका भए पनि किसानलाई समयमै भुक्तानी दिन नसक्दा समस्या गहिरिएको जानकारी दिए।

CP Hospital Dhangadhi

nawajiwan

गोदावरी नगरपालिकाका नगरप्रमुख  बिरेन्द्र भट्टले डीडीसीलाई स्थायी रूपमा सञ्चालन गर्न उपयुक्त जग्गा पहिचान गरी नगरपालिकाले डिडिसीको केन्द्रमा प्रतिबेदन सहित पठाइसके पनि प्रतिवेदनको औपचारिक प्रतिक्रिया अहिलेसम्म नआएको बताए।

मंगलबार बिहान सर्वदलिय, सर्वपक्षीय सहमतिपछि कार्यालय पुनः सञ्चालनमा आएसँगै किसान र कर्मचारीले ठूलो राहत पाएका छन्। किसानलाई नियमित भुक्तानी हुने र दुग्ध व्यवसाय स्थिर हुने अपेक्षा गरिएको छ।

Attariya Hospital

नगरप्रमुख वीरेन्द्र भट्टले भने, “डीडीसी स्थानान्तरणको विषयले यहाँका किसानलाई ठूलो मार परेको छ। किसानले उत्पादन गर्ने दूध समयमै प्रशोधन र बजारसम्म पु¥याउन नसक्दा उनीहरू आर्थिक संकटमा परेका थिए। नगरपालिकाले डीडीसीलाई दीर्घकालीन समाधानका लागि आवश्यक जग्गा पहिचान गरी उपलब्ध गराइसकेको छ। अब सबै सरोकारवालाको सहकार्यमा यो संस्था स्थायी रूपमा अत्तरियाबाट नै सञ्चालन गर्ने हाम्रो प्रतिबद्धता जनाएका छन।”

तेसै गरी दुग्ध बिकास संस्थान केन्द्रिय कार्यालयबाट आएको पत्रका कारण अत्तरियामा नै कार्यालय राखेर संचालन गर्ने पत्र पुगे पश्चवात आज तालाबन्धी खुलेको छ । नि. महाप्रबन्धक संजीव झाले पठाएको पत्रमा प्रशासनिक, आर्थिक तथा उत्पादन सम्बन्धी सम्पूर्ण कार्यहरू हाललाई अत्तरियाबाट नै सञ्चालन गर्ने उल्लेख गरिएको छ।

Advertize US