कृष्णपुर नगरपालिकामा सामुदायिक वन उपभोक्ता समितीद्वारा सहयोग

Image
Nisarga Hospital

हालै भएको आगजनीपछि क्षतिग्रस्त कृष्णपुर नगरपालिका कार्यालयलाई स्थानीय सामुदायिक वन उपभोक्ता समितिहरूले सहयोग गरेका छन्। वडा नं. ९ का जानकी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रकाश भट्ट र वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निरज भण्डारीले कार्यालयलाई १/१ थान टेबल र २/२ थान कुर्सी हस्तान्तरण गरेका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

मंगलवार आयोजित कार्यक्रममा नगर प्रमुख हेमराज ओझा, उपप्रमुख द्रोपती राना र प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टसहित जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति थियो।

नगरपालिकाले सहयोग उपलब्ध गराउने दुबै सामुदायिक वन उपभोक्ता समितिप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगले कार्यालय सञ्चालनमा सहजता ल्याउने विश्वास व्यक्त गरेको छ।

समाजका विभिन्न क्षेत्रबाट प्राप्त भइरहेका सहयोगले नगरपालिकाको सेवा पुनः सञ्चालनमा थप उत्साह र ऊर्जा प्रदान गरेको बताइएको छ।