शान्ति, एकता र पुनर्निर्माणमा जुट्न नेपाली कांग्रेस सुदूरपश्चिमको अपिल

Image
Nisarga Hospital

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले हालै जारी वक्तव्यमार्फत Gen-Z आन्दोलनपश्चात देशलाई शान्ति, एकता र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै पक्षलाई संयमित, संवादमुखी र उत्तरदायी बन्न आह्वान गरेको छ।

CP Hospital Dhangadhi

कार्यबाहक सभापति लोकराज अवस्थीले भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका युवाहरू तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै, पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दै शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरिएको छ।

वक्तव्यमा आन्दोलनका नाममा सिंहदरबार, शीतल निवास, संसद भवन, सर्वोच्च अदालत, सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान, सञ्चारगृह, निजी घर, पार्टी कार्यालय लगायतका संरचनामा भएको आगजनीबाट खर्बौं मूल्यबराबरको क्षति भएको उल्लेख गर्दै यस्ता कार्यमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिम कांग्रेसले देशव्यापी विनाशबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन र पुनर्निर्माणका लागि तत्काल कार्ययोजना बनाउन सरकारसँग माग गरेको छ। साथै, प्रतिनिधि सभा विघटनप्रति आपत्ति जनाउँदै लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सबै लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेको छ।

# ट्रेण्डिङ