
अत्तरियाः गोदावरी नगरपालिकाले आगामी असोज १ गतेदेखि अर्को सूचना जारी नभएसम्म नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्य पूर्णरूपमा बन्द हुने जानकारी गराएको छ।

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ बमोजिम ठेक्का आह्वान गरिएको भए पनि ठेक्का सदर नभएसम्म गोदावरी नगरपालिका क्षेत्रभित्रका खोला, नदी तथा सार्वजनिक स्थानबाट उत्खनन्, संकलन र ढुवानी कार्य रोकिएको हो।
नगरपालिकाले निषेधित अवधिमा नदीजन्य पदार्थ उत्खनन् वा ढुवानीमा संलग्न सवारी साधनलाई प्रचलित कानुनअनुसार कारबाही गरिने र सामग्री जफत गरिने चेतावनी दिएको छ।


यस निर्णयलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय, मालाखेतीलाई आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ।
नगरपालिकाले सम्पूर्ण सरोकारवालालाई नियम पालना गर्न आग्रह गर्दै उल्लंघन हुने खण्डमा कडाइका साथ कानुनी कारबाही गर्ने जनाएको छ।




















