
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले शहरको एक प्रमुख सडकलाई ‘जेन्जी मार्ग’ नाम दिने घोषणा गरेका छन्।

मेयर हमालले आफ्नो सामाजिक सञ्जालमार्फत भने, “जेन्जी आन्दोलनमा शहीद भएका वीर आत्माहरूको सम्मानमा यो कदम उठाइएको हो।” नयाँ नामकरण अन्तर्गत धनगढी–१ स्थित जोशी मेडिकल चोकदेखि पार्क मोड, कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोडसम्मको सडकखण्ड समेटिएको छ। सो क्षेत्रमा उपमहानगरपालिकाद्वारा सञ्चालित महिला उद्यम बजार पनि रहेको छ।

मेयर हमालले नगरवासीहरूलाई अबदेखि उक्त सडकलाई “जेन्जी मार्ग“ भनेर सम्बोधन गर्न अपिल गरेका छन्। उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय पारित भएसँगै, यो नाम औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।






















