जेन-जी आन्दोलन : सुदूरपश्चिमका ९ जीवनको समाप्ति, आँशु र पीडामा डुबेका परिवारहरू

Image
Nisarga Hospital

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले देशभर सयौँको जीवन प्रभावित मात्र गरेन, सुदूरपश्चिमका नौजना युवा र नागरिकको ज्यानै लियो। पहिलो दिन ३, दोस्रो दिन ४ र बाल सुधारगृहमा दुईजनाको मृत्यु भएको पुष्टि भएको छ।

CP Hospital Dhangadhi

धनगढीका २७ वर्षीय गौरव जोशी आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर निधन भए। युके जाने तयारीमा रहेका गौरवको मृत्युसँगै उनका वृद्ध आमा-बुबाको जीवन अन्धकारमा डुबेको छ। त्यस्तै, जापान जाने सपना बोकेका २१ वर्षीय सुवास बोहरा संसद् भवनअगाडि गोली लागेर ढले। उनका बुबा पहिले नै बेपत्ता भएकाले परिवार झनै संकटमा परेको छ।

बाजुराका २१ वर्षीय योजन (ओजन) बुढा आन्दोलनमा बेपत्ता भएपछि टाउकोमा गहिरो चोट र हात भाँचिएको अवस्थामा मृत फेला परे। २४ गते कालीमाटीमा गोली लागेर बझाङका २८ वर्षीय भीमराज धामीको मृत्यु हुँदा श्रीमती, दुई महिनाको छोरा र ७५ वर्षीया आमा असहाय बने।

nawajiwan

कञ्चनपुरका ४८ वर्षीय व्यापारी नीरज पन्त पनि आन्दोलनकै गोलीको सिकार बने। बैतडीका दीपकसिंह साउद, जो कोरियन भाषा सिकिरहेका थिए, उपचारकै क्रममा निधन भए। त्यस्तै, दार्चुलाका प्रहरी जवान उत्तम सिंह थापा आन्दोलनकारीले डिएसपी भन्दै क्रूरतापूर्वक कुटेर हत्या गरे।

Attariya Hospital

२४ भदौ राति बाँकेको बाल सुधारगृहमा भाग्ने प्रयासमा गोली लागेर ५ जनाको मृत्यु भयो, जसमा अछामका उमेश विष्ट र कैलालीका जगत देउवा थिए।

देशभर २ दिनमा ७३ जनाको मृत्यु भएको तथ्य सार्वजनिक भइसकेको छ। जेन-जी आन्दोलनले केबल राजनीति मात्र होइन, नौजना सुदूरपश्चिमेली परिवारको सपना, भविष्य र आशा पनि चकनाचुर बनाएको छ।

कान्तिपुरका केही शब्दहरु साभार