अत्तरिया चोकमा जेनजी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

Image
Nisarga Hospital

अत्तरिया : जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा बुधबार अत्तरिया चेकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। अत्तरिया क्षेत्रका युवाहरूको स्वचालित सहभागितामा भएको सो कार्यक्रममा सहभागीहरूले नेपालको नक्साभित्र श्रद्धाञ्जली लेख्दै दीप प्रज्वलन गरे।

CP Hospital Dhangadhi

कार्यक्रममा सहभागी युवाहरूले भने, “जेनजी आन्दोलनका क्रममा आफ्ना माग राख्दा सरकारले दमन गरेको र युवाहरूको हत्या भएको घटना सम्झेर हामीले दीप प्रज्वलन गरेका हौं। अझै देशमा शान्ति कायम होस् र यस्ता आन्दोलन फेरि नहोस् भन्ने कामना गर्दै छौं।”

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हालसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन्। सहिदहरूको सम्झनामा आयोजित दीप प्रज्वलनमा सहभागीहरूले उनीहरूको बलिदानको सम्मान गर्दै शोकसहित श्रद्धाञ्जली अर्पण गरेका थिए।

nawajiwan
Attariya Hospital

सरकारले पनि प्रदर्शनमा ज्यान गुमाउनेको सम्झनामा शोक बिदा दिएको छ। युवा तथा स्थानीयवासीहरूले सहिदहरूको योगदानलाई स्मरण गर्दै शान्ति र सामाजिक सद्भाव कायम रहोस् भन्ने संदेश प्रवाह गरेका छन्।

दीप प्रज्वलन कार्यक्रमले सहिद परिवारप्रति संवेदना व्यक्त गर्दै समाजमा शान्ति र ऐक्यबद्धताको महत्त्व पुनः स्थापित गरेको छ।

Advertize US